Sunday, February 11, 2018

म एक आम नेपाली



अलि धेरै पढ्न
छिमेकी भन्दा अलि धेरै कमाउन
आमाको हाँसो फर्काउन
बाबाको ऋण कटाउन
बिदेशिएको उ
एक आम नेपाली

म बुझ्दिन पत्रिकाका
ब्ल्याक एन्ड व्हाइट पेजहरु
म बुझ्दिन राज्य डुबाउने राजनीति
म केवल देख्न सक्छु
भोलिका सुखका निम्ति
दौडिएका दिनहरु
हतारिएका पाइलाहरु
डर छ उ बाकसमा नफर्कियोस्
म एक आम नेपाली

म त सुन्ने मान्छे
दिनभरी देशभरी
चियापसलमा बसको झ्याल्तिरको सिटमा
सुनिरहन्छु व्याक्ख्यान्हरू
मेरो देशको बारेमा
अनि सोध्छु आफैलाई
यो देशलाई मैले के दिएँ ?
म एक आम नेपाली

देश खुम्चिएर बनेको
काठमान्डौका साघुँरा गल्लीहरुमा
टिनका प्लेटमा हातको चित्र बनाई
हस्त रेखा देखाई
भविस्य हेर्ने ज्योतिषहरु संग
सोध्न मन लाग्छ
के यी हातमा देश को भविस्य छैन?
जिज्ञाशु मनलाई पाईलाहरुले अलि पर धकेल्छ
र लहरैसँग देखिन्छन आँखाले होर्डिंग बोर्डहरु
स्टडी इन अमेरिका
स्टडी इन अस्ट्रेलिया
स्टडी इन..............
म त हेर्ने मान्छे
म एक आम नेपाली

समयले मान्छे लाई धेरै कुरा सिकाउँछ
हत्केलाको घडी हेर्दा आज पनि
याद आउँछ
मेरो इछ्या पुरा गर्न बाबाले
आफ्नै हातको  आफुलाई मन पर्ने
घडी फुकाली थमाउनु भएको दिन
र मैले
जानी नजानी चलाउँदा
खेल्न जाँदा पानीमा भिजाउँदा
लापरवाहिले बिग्रेको त्यो घडी
त्यो घडी मलाई
मेरो देश जस्तै लाग्छ
मैले जतन गर्न सकिन
म एक आम नेपाली
Share:

Related Posts:

0 comments:

Post a Comment

Total Pageviews

19345

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.