Sunday, February 11, 2018

बाबा

त्यो दिन बाबा संग
घरको आर एक्स बाईकमा आगाडी बसेर
भैँसी का सिङझैँ देखिने
दुईटा ऐना समाती
आफ्ना साना आखाँहरुले
आफ्नै शैलिमा त्यो परिधि नियाल्दै
सपना संगाल्दै
मानसपटलमा अटेस्मटेस् हुने गरी
खाँदेका दिनहरु
बाबाले मलाई गल्लि गल्लि हिडाउनु भो
सहरका कुना कुना चिनाउनु भो
त्यसैले त आज म कतै पनि हराउँदिन

त्यो दिन बाबाले मलाई
सपना देख्न सिकाउन भो
र बाबाको मनमा पनि पलाएहोलान् मेरो भोलि सम्झिदै सपना हरु
मेरो बाबाले मलाई
कहिले ठुलो मान्छे बनेस् भन्दै
प्रगति र दिर्घाय” का आशिष दिनुहुन्थ्यो
र कहिले गधा भन्दै हपार्नुहुन्थ्यो
तर अरुले जे सुकै भने नि
म भित्र मेरा बाले जे देख्नुहुन्थ्यो
त्यो अरु कसैले देख्दैनथ्यो

म सानो हुँदा मेरा खल्ती कहिल्यै रित्तिएनन्
रित्तो खल्तीले धेरै कुरा सिकाउँदो रहेछ
कसैको अभाव पनि सिकाउँदो रहेछ
मासिक तलबले पनि नभरिने खल्ती
खै मेरा बाले कसरी भरिदिनुहुन्थ्यो

तर मन त पागलै हो
कहाँ सक्थे र बाबाले
हाती किनेर थैलो भित्र राख्न
अनि आफ्ना व्यर्थका अडान पुरा नहुँदा
रिसाएर म    घरै उचाल्थँे
खै बाबाले कसरी सक्नुहुन्थ्यो
रिसले आगो भएको मलाई उचाल्न
अनि शान्त बनाई सम्हाल्न
मलाई मन छ
फेरी बाबा संग आर एकस चढेर सहर घुम्न
फेरी पाइन्टका खल्ती खतल्दै पैसा भेटाउन
फेरी बाबाको ए गधा सुन्न
फेरी बाबा सगं सपना देख्न
अनि रिसाउन
अनि बाबाद्धारा फकाईन
आज मलाई भित्तामा
झुन्डिएको
तस्बिर ले तर्साउछ
समयले गिज्याउँछ
मिल्ने भए म आफैलाई
बेचिन्दिन्थे
कमैया बनेर बाबालाई पÞmर्काउथँे
तर खै खाए पछि नओकल्ने
काल कस्तो जमिन्दार रहेछ
?

https://www.youtube.com/watch?v=0RWFlcwnvyY
Share:

Related Posts:

0 comments:

Post a Comment

Total Pageviews

19345

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.