Sunday, February 11, 2018

शोनु


म पाँचमा उ चारमा
स्कूल सक्किसकेपछी हतारमा
मिल नजिकैको चौरमा
हामी भेट्थ्यौँ
मध्य जेठ्को घाममा
हेमन्त वर्षा याममा
मतलब नगरी खेल्थ्यौँ

म क्यालेन्डरका सबै बारलाई काटदिन्थँे
र सबैलाई शनिबार बनाइदिन्थँे
किनकि हरेक शनिबार शोनु संगै
स्कूलको पुरानो आकाशी रंग को सर्ट लगाई
हामी दौडिदै पुग्थ्यौँ
राप्ति नदीको किनारमा
माछा मार्थ्याँै अनि रमाउथ्यौँ त्यो बहावमा

उसका घरका भित्ताहरुमा गुइठाँ बनाउनु
अनि साना हातका रंगीविरंगी छापहरु भित्तामा सजाउनु
बड्की आइतबार होस् या दशैं
माघी होस या फागु
हामी संगै मनाउथ्याँै

तिन बहिनिमा जेठी उ
सानैमा आमा गुमाएकी
हुर्कदै हुर्काउदँै थिई दुइ बहिनीहरु
गाउँभरि हल्ला थियो
छोटे थारुलाई दहेजको पिर छ
गाउँमा सबैले अदिँया गर्थे
शोनुका बाले आफ्नै पेट संग अदिँया गर्थे

एक शनिबार बिहानै म उसलाई त्यसैगरी दौडाउदँै खोला लगँे
श्याँश्याँ गर्दै भन्दै थिई उ
ध्त् साने भात् नि खाएछैन
म उसका हात समाउदैँ देखाउन थालँे
पल्ला गाउँ क केटा केटीहरु
हामि नाए माछा जति पल्ला गाउँ पुग्थे

हात भरि माछा लिदै फर्कियौँ हामी
तर शोनुको घर साविक भन्दा भिन्न थियो
मैले सोच्नै सकिन शोनुका बा
जो नुनका भरमा हप्तौ काट्थे
कसरी आटँे तेत्रो भिड जम्मा गर्न
शोनु र म भिँड पन्छाउदै भित्र छिर्यौ
शोनु थामिनै नसकिने गरी रोई
हामी स्तब्ध थियौ
छुट्की जो भर्खर बोलि फुटाएकी थिई
र जमुना जसले जीवनका पहिला अक्षरहरु
कापीमा बांगा टिङ्गा तवरले उतार्दै थिई
आज भँुइमा लडिरहेकी थिई
ठ्याक्कै उसका कापी र अक्षर झैँ
भिँड बाट अवाज सुनियो
छोटे थारुले खानामा बिष हालेर बेटी मार्यो
शोनुका बा उता आफै भान्सामा लडिरहेका थिए
फेरी कहिल्यै नउठ्ने गरि
बनाउनेले नै यस्तो बनायो
भोक महँगो
अनि
बिष सस्तो बनायो
अर्को बिहान देखी
शोनुका लागि हाम्रै घरमा भात पाक्न थाल्यो......

https://www.youtube.com/watch?v=5GsKnWzjJYg&t=4s

Share:

Related Posts:

0 comments:

Post a Comment

Total Pageviews

19345

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.