Saturday, February 17, 2018

आमा


***इन्द्रबज्रा छन्द
राखी हजारौं मनका ति आशा
पन्छाई आफ्ना ती पिडा निराशा
आमा मलाई नव जन्म दियौ
रुदा म तिम्ले मन त्यो दुखायौ
संसार छाडेर मलाई बोक्थेउ
छाता बनेरै धुप् पानि रोक्थेउ
ऒछयान छोडी भुइतिर सर्ने
भोकै रहेनी सब थाल भर्ने
मागे जति थोक सबै दिलायौ
ति दुग्दधारा र सुधा पिलयौ
आमा तिमीले ऋण नै लगायौ
त्यो माशु हाडमा जीवनै जगायौ
कुन्ती यसोधा र दिती तिमि हौ
त्यो स्नेह माया ममता तिमि हौ
आमा तिमि नै हर जन्म पाउ
औ मीटाउ टुहुरा इ घाउ

Share:

0 comments:

Post a Comment

Total Pageviews

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.