Tuesday, June 25, 2019

आज २२ वर्षको हुनेथ्यो

एउटा दौड हामी दुइ
हाम्रा चार खुट्टा, अनि वायुपंख
व्यग्र मुटु, त्यो तिब्र धड्कन

एउटा बसन्त
गाइ भैंसी संगै
त्यही   घर छेउको जंगल
उ र म

आज खानेकुरा ल्याउने उसको पालो थ्यो
तर भुलेछ उसले
हामीले ब्लाडर फुटेको
मिस्टर योड बल्ल खेल्थ्यौ
उसले शट हान्यो मैले लिएर आए
मैले शट हाने उ खोज्न गयो

उ टाढा टाढा नफाल न भन्ने  गुनासो गर्दै थ्यो
मलाई गर्व थ्यो टाढा फाल्न सकेको मा
तर उसले अबेर गर्यो
उ आएन
अवाज आयो
भयानक आवाज

उसको आवाज लाइ निल्न सक्ने ठुलो आवाज
मेरो चेतना लाइ निल्न सक्ने ठुलो आवाज
मेरो चेतना त एक्कैछिन मा फर्कियो
जसले भन्यो
ला बम पड्कियो

तर उसको आवाज भने सदा का लागि निलिदियो
बम को आवाज ले
उ मर्यो त्यो बिस्फोट संगै

आज २२ वर्षको हुनेथ्यो उ
यदि बाँचेको भए

यदि मैले बल अन्तै फलेको भए
यदि मैले बल नै नल्याएको भए
यदि मैले भैसी चराउन नपरेको भए
यदि हाम्रा बा आमालाई भैसी पाल्न नपरेको भए
यदि देश मा जन युद्ध नभएको भए



खोइ
क्रान्ति को रातो रंग लाइ चाहिने रातोपन
उसको रातो रगत को आहाल ले पुर्यायो होला कि नाइँ ?



Share:

Related Posts:

0 comments:

Post a Comment

Total Pageviews

19344

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.