Sunday, February 11, 2018

मेरी साथी


कुरा त्यति बेलाको हो
जब म मलाई सबै भन्दा बढी माया गर्ने
आमालाई ढाँटेर उसलाई भेट्न जान्थँे
कुरा सानैको हो
जब कसैको जुठो नखाने म
एउटै थालमा उसंगै खान्थँे
उसले जितेको हेर्न म
लुकामारी खेल्दा सधै एउटै ठाउँमा लुक्थेँ
रुमाल लुकाइमा थाहा नपाए झैँ गरी चोर बनिदिन्थेँ
मैले स्कुलमा पुरस्कार जित्दा
मेरा पैतालाले दौडाउदैँ मलाई उसको घर सम्म पुर्यौथेँ
अनि म उसलाई देखाउथेँ
अविर भन्दा रंगिन मेरा खुसीहरू
आखिर मेरो खास पुरस्कार उ नै त थिई
घर बाट नजिकै थ्यो स्कूल
तर अलिक माथि
उसको घर सम्म पुगेर उसगंै स्कूल जादाँ
स्कूल साच्चैँ नजिक लाग्थ्यो
गणितका सुत्रहरु विज्ञानका साध्यहरु
संस्कृतका स्लोकहरु कण्ठस्त पार्ने म
उसको अगाडी भुल्न रुचाउथेँ
पानी परेको दिन छाता भुल्न
किनकि उसको छातमा दुई शरिर आधा आधा रुझ्दै हिड्ने
आनन्द अर्कैथ्यो
स्कूलमा कलम भुल्न
किनकि उसको कलममा
उसले टोकेका निसानहरु भुल्दै जानी नजानी टोक्ने आनन्द अर्कै थ्यो
अनि हाल्पÞm छुट्टिमा खाजा भूल्न
किनकि उसको टिफिन बाट उसंगै खाजा खादैँ
अलि धेरै अघाउने आनन्द अर्कै थ्यो
उ मेरी त्यो साथी हो जसलाई
एस एल सी को अन्तिम दिन मेरो सर्टमा सबै भन्दा धेरै केर्नु थ्यो
उ मेरी त्यो साथी हो जसलाई म सर ले आइमाई साथी
पढाइ राख्दा जिस्काउदँै आँखा सन्काउथँे
उ मेरी त्यो साथी हो
जसलाई म होलिमा सबै भन्दा धेरै रंग लगाइदिन्थेँ
भैलोमा संगै नाच्थेँ
र सबै साथीहरुले नाम जोडेरै जिस्काउथेँ

१२ को परिक्षा पछि
मैले प्रपोज गरेँ उसलाई
उसको जवाफ नो
उ गइ पढ्न भनेर
समुद्रहरु तरेर

सम्बन्ध मा चिसो परेपछि
कुराहरु पनि ओसिदाँ रहेछन
नमिठा हुदाँ रहेछन्
पहिले झैँ सिरकभित्र लुकेर
अर्को दिन सम्म च्याट हुदैनन् आज भोलि
तर
उसको जन्मदिन मा सायद
आज पनि सबै भन्दा बढी म नै रमाउँछु होला
क्यान्डल सल्काउछु अनि सम्झिन्छु
म घाममा
घुमघाम गर्दा उसकै छाता ले सघाउँथ्यो
म त उसको र मेरो छायाँ मात्र जोडिदाँ पनि रमाउथेँ
उ र म, म र उ संसार सानो लाग्थ्यो
तर यो संसारको  यति ठुलो परिधि त उसले चिनाएकी हो मलाई जब उ टाढा भई
भूगोलले छुट्ट्याएको अर्कै  देश तिर
उसलाई देख्न मात्र पनि मैले बर्षौ कुर्न पर्ने भयो
आज भोलि साथी हरु सम्झाउदँै भन्छन
खुट्टा भए जुत्ता जति पनि भेटिन्छ
अनि म भन्छु
जुत्ताले बाटो भुल्छन् पैतालाले भुल्दैनन
जुत्ता डेरा झैँ फेरिन्छन पैताला फेरिन्नन
 
https://www.youtube.com/watch?v=p5eV5wW-KjY

Share:

0 comments:

Post a Comment

Total Pageviews

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.