Saturday, April 14, 2018

करोडौ कस्तुरी का केहि मनपरेका हरफ हरु

नपडीकन आकाश छुने तरिका कि चार लै थाहा छ कि चंगा लाइ
नपडीकन ठुलो हुने तरिका कि रुखलाई थाहा छ कि हात्तीलाइ

आनन्द भनेको सुख पाउनु हैन दुख बाट मुक्ति पाउनु हो

रक्सी पेट मा नगई सोझै मन मा जाने भएको भए साँची पिर हट्थ्यो होला

फर्के पछि कि बाको गालि र पीटाइ  खान तयार भएर फर्किन पर्थ्यो कि एकदम भरर्पर्दो र सुरक्षित बहाना बनाउन  पर्थ्यो

मेरो लागि मुक्ति पाएको कुकुर कोसंग खुसि भयो होला

दस महिना सम्म आमाले मलाई पेट मा लुकाएर राख्नुभयो तर अब मैले आफुलाई जिदगीभर आफु भित्र लुकाएर रख्नुपर्छ

जसरि जन्मिदा धरतीमा नभएको मान्छे जन्मंछ र जन्मिसकेपछि त्यो मान्छे धरती को हुन्छ
तेसरी नै जन्मदा सब्दाकोष्म नभएकै सब्द जन्मंछ र जन्मिएपछि त्यो सब्द सब्दकोश को हुन्छ

भट्टी
दह्रो खुट्टा र लुलो मन लेर छिरेका हरु
लुलो खुट्टा र दह्रो मन लेर बाहिर  निस्कदै थिए

नदि सिर्जना हो नहर शिक्षा

बा मलाई आफु जस्तै बनाउन  खोज्नुहुन्थ्यो
म बालाई आफु जस्तै बनौन खोज्थे
बदलामा हामि कोइ जस्तो नि हुन सकेका थिएनौ
आफूजस्त पनि हुन सकेका थिएनौ

सधै पानीको संगत गरेर पनि नदीको ढुंगा पानीजस्तो हुदैनन्
सधै फूल को संगत गरेरपनि काडा फूल जस्तो हुदैन

मर्दाखेरि एकदम पिडा हुन्छा होला तर बाच्दा जति पिडा अबस्य पनि हुदैन

संसार बाट बिदा लिएको मान्छे लै खोज्ने संसार हुदो रहेनछ

जीवन भनेको नै आफु भित्र भएको कुरा आफूभित्र नखोजी बाहिर बाहिर भौतारिनु रहेछ

कोहि बिपना बोकेर कुदिरहेका हुन्थे कोहि सपना बोकेर
कोहि आश बोकेर कुदिरहेका हुन्थे कोइ लास बोकेर

मेरा दुख हरु सानै खुसि ले पुरिन छन्
मेरा खुसि हरु सानै दुख ले मेटिनछन

मान्छे लै चारको गुड काम नलागेझैँ
चरालै मान्छेको घर काम लाग्दो रहेनछ

पानि पानि संग मिसिन खोज्छ
माटो माटो संग मिसिन खोज्छ
तर पिडा ले सार्है थिचेर बच्ने नदिएपछि जिदगी मृत्यु संग मिसन खोज्दो रहेछ

संसार भरिका किताब पढ्नु भन्दा आफु भित्र को किताब पद्नु ठुलो कुरा हो
आफु भित्र को किताब पदना सकियो भने संसारका किताब पद्नु को अर्थ हुछ

Share:

Related Posts:

0 comments:

Post a Comment

Total Pageviews

19345

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.