Saturday, April 18, 2020

पुतना

पुतना

शहरको साघुरो नया सडक हिदिरहंदा
पछ्यौरी मा लाटो शिशु भिख उसले मागिरहँदा
मुटुको खै कुन कुनामा करुणा को स्खलन हुन्छ
पखालिएको त्यहि मनले केहि रुपैया चढा उछ

तर पुतानको भेष मा छन् कत्ति यहाँ डुलिरहेका
काखमा छन् कृष्ण हरु आँखा तिनका लट्ठिएका
न सक्छन कृष्ण हरु अचेल पुतानको वध गर्न
न सक्छन भिडमा आमा भनि चिच्या उन

यसोधाको आँखा छली बेचिन्छन कृष्ण हरु सडकमा
निर्घिनी त्यस्ता जाकिञ्छन खै कुन नरकमा
बाझो बुद्धि छ तिनको , ममताजल रेघिस्तान मा
भ्रमित छन् वज्र बासि दिन्छन भिख शानमा

कालको त्यो भय होइन, लोभ पुरा गर्न लाइ,
लुकिरहेछन कंश हरु पुतानालाई पठाई
चक्रव्ह्युह यो भेदन गर्न दिव्य दृस्टी पाउँ म
बेचिएका कृष्णलाइ ,मथुरा मै पुर्याउं म



Share:

Related Posts:

0 comments:

Post a Comment

Total Pageviews

19345

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.