हिड्दा हिड्दै बाटोमा
एकै छिन रोकिए अनि
नियाले आफ्नै खुट्टा
magic चप्पल मा उभिएका
हेरे खुट्टामा माटो को लेप
अनि येसो घडी हेरेको
२१ वर्ष भयेछ
म हिड्न थालेको
तपाईहरुको कति भो ?
यो बाटो कहिले कहिँ दिक्क लाग्छ
फेरी प्रत्येक चोकमा
मैले आफैले रोजेको हूँ
यी गल्लीहरु
एउटा साथी छ
जसलाई सधै हतार हुन्छ
संगै हिड्न मान्दै मान्दैन
बात गर्दै जाउँ यो बाटो छोटो हुन्छ भन्छु
उ मान्दैन
जिन्दगीको नक्सै एस्तो छ
जुन बाटो गए पनि पुग्ने घाटमै हो
फेरी उसलाई हतार किन ?
0 comments:
Post a Comment