Friday, May 3, 2019

Haribahadur

हरि बहादुर नेपाली समाजको त्यो पात्र हो जसले आफ्नो चतुर्याईको दुरुपयोग गर्दै समाज लाई नै दुख दिइरहेको छ ।
उस्को चतुर्याँई देखेर, खित्का छाडेर हास्न मन लाग्छ तर त्यही
बेला पिडित व्यक्ति हरू प्रति समवेदना पनि आउछ ।

उसले गरेका कामहरु ठिक हुदैँ होइनन् तर उसका पनि विवशता हरू छन् । एउटा टुहुरो अवहेलित पात्र हो हरीबहादुर जसले जिउनका लागि सघर्ष गरीरहेको थियो तर उसको बाटो सही थिएन ।

हरबिहादूर स्वार्थि निर्दयी पात्र पनि होेइन । उसले हजूरआमा कमलीलाइ र श्रिमति अलैँचि लाई औधि नै माया गर्छ । हरबिहादुरलार्ए ठ्याक्कै सुहााउने पात्र छ अलैचिँको, उस्तै चतुर र फटाह खालको ।

वयोवृद्दा पशुपति बाजे जसका सबै छोरा बिदेश थिए, बिहे गरी बस्ने रहर पालेका थिए । लाटि रुक्मिणी उनलाइ प्रेम गर्थी तर उनी भने अरु तरुनी ताकेर बसेको थियो । चतुर्याँइृ पुर्वक हरीबहादुरले ति दुइृको बिवाह गरिदिन्छ । पश्पति बाज् सुरुमा त खुशी हुदैँनन् तर पछि भने उनलाई बिहे शुभ नै हुन्छ । तर त्यै शिल्शिला मा पनि हरीबहादुरले थुप्रै सुन लुट्छ ।

द्वन्दका अवयवहरु निकै सुन्दर शैलीमा जोडिएको छ, हरीबहादुरले छोरो गुमाउछ अनि रुकमिणिले सिन्दुर । कहाली लाग्दो दृश्यको चित्रण भएको छ गाउँमा जब आर्मी र माओवादिको भिडन्त हुन्छ ।

हरीबहादुरसगँ अलैचीँको उपचार गर्न पैशा हुँदैन । काठमाडौँ जाँदा उ आफै ठगिन्छ, अनि उसलाई विगतमा गरेका कुकर्महरु एक एक गरी स्मरण हून्छ । अन्तिममा उसले केही शिप नलागेर माग्न बस्छ तर त्यतीले खाना खाने जोहे गर्न पनि मुस्किल ह्ुन्छ । जेलमा सगैँ बसेको शेरबहादुर उर्फ भालु मन्त्री हुन्छ तर उ बाट पनि केही सहयोग आउदैँन । अन्त्यमा अलैँचि मर्छै तर एसगँ लाश जलाउने पैशा समेत हूदैँन, केही शिप नलागी उसले अलैचिँको लाश बागमतिमा बगाइदिन्छ । उसको विवशता नबूझ्नेले उस्लाई पागल, अधर्मी भन्छन । उ आशूँका धारा बगाउछ र पश्चताप गर्दछ । दरबार बाट शुरु भएको कथा आयृघाटमा सकिन्छ
Share:

0 comments:

Post a Comment

Total Pageviews

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.