एल्बम भित्रको गाउँ
गाउँको उकालो जहाँ मोटर गाडी पनि सकी नसकी
स्वाँ स्वाँ गर्दै चढ्थ्यो
मेरा बा
आफु भन्दा ठुलो भारि बोकेर चढ्थे
अनि
निधाउन अघि
सिरक पन्छाएर सानो स्वरमा सोध्थँे म
वर्षा भरी चुहिने छानो त टालेउ बा
तर वर्ष भरि चुहिने तिम्रो आँखा लै अझै कति बर्ष लुकाउछँौ
कुनै खुम्चिएको कागज
जसले कुनै समय सुन्दर रचना बोकेको थियो
हजुरआमाका चाहुरीहरु दुरुस्तै थिए
दुबै पढ्न अप्ठ्यारा
तर गहिरा
हजुरआमा ले अचम्मसंग सम्झनुहुन्थ्यो समयहरु
छानोमा बढ्दै गएका खियाका रंगहरु बाट
प्रत्येक वर्ष ब्याउने राती भैसींबाट
गाउँबाट रित्तिदै गरेका दाईहरुका नाम बाट
उमेरसंगै थपिदै गरेका औषधिहरु बाट
अनि मेरो मन आमाले सदर बजारबाट
किनिदिएको त्यो कालो जिन्समा थ्यो
जिन्स धुँदा रंग उडेर फुङ्ग भयो
तर त्यसरीनै उडेका थिए मेरा मनका रंगहरु
पानी साचँै नै क्रर छ
जीवन का रंगंहरु पखाल्छ
कहिले बाढी बनेर कहिले खडेरी बनेर
सिउँदोका सिन्दुरहरु पखाल्छ
मेरो खुसी गाउँको त्यो एक्लो किराना पसलमा
राखीएका मिठाई का डिब्बाहरुमा थिए
जुन मेरै लागि खोलिन्थे र मेरै लागि रित्तिन्थे
सहर पुग्न
दिनको दुइ पटक आउने बस
हजुरआमा बिरामी
अन्तिममा छुटेको बसले
हजुरआमालाई पर्खेको थ्यो वा पर्खेको थिएन
कालले पर्खेन
उसलाई भनुँ भनुँ लाग्थ्यो
तेरो घरको लालुपाते त वर्षमा एक याम मात्र फुल्छ
त सबै याम फुल्छेस
स्मृतिमा मौन बनेर कैद भएका ति तस्बिरहरु
एकपटक कान नजिकै पुर्याउने भने प्रस्टै सुनिन्छ
ति खित्काहरु
बिठ्याँइहरु अनि बदमासीहरु
पिपल को छाहरीमा खेलेका ढ्याक्की र गट्टाहरु
गाउँको खोलामा सबै भन्दा अग्लो ढुंगाबाट फालेका फालहरू
साथीहरु संगै नाङ्गै काटेका पौडीहरु
के त्यो पिपल ले, त्यो खोलाले
ति गट्टाहरुले मलाई अझै सम्झिन्छन होला ?
कि फेरी कुनै नयाँ पात्रको
नौलो बाल्यकाल संग रमाउँछन होला ?
केही सम्झनाहरु बाको
इस्टकोटका खल्तीमा
चुरोट बनेर बसेका छन
केही आमाको पटुकीमा खुजुरा नोठ बनेर बसेका छन
यसरी सकिन्छ एल्बममा
स्याम्स्वेत तस्बिरहरुको सिलसिला
यती रंगिन मान्छेहरुको पनि
यती रंगहीन तस्बिर आउने
पक्कै क्यामेरा मा खराबी भएर होला है ?
https://www.youtube.com/watch?v=7nUCC8rvadg