• Anoop me Madhu

    I was done with first semesters at IOE WRC and these guys came up , we spent time around lakeside camera ma chai ANIL GT :D

  • Mamaghar ma Saanaima

    ma sheela dd, paartha vai, pema dd ra hajuraama :) :) i hope you already found me there :D

  • Instrumentation II ko tour jada bus ma

    Life ko passenger :D yestai journey ma ubbirahexu ....seat kuriraaxu :D

  • Mahakaal mandir ma Sandesh sanga

    Sayad 11 class ko internals paxi ho jaile newroad tira ghumtheu,sundharako momo tiptop ko samosa ani matra gahr farkine :D prolly tei time ko ho

  • Nautanwa ko rail

    Train varkharai aathyo,ani yo chai first encounter ho mero train sanga,babba katti thulo awaj hune raixa,ani chadiyo photo khichiyo travel garna ta testai ho, lastai phohor thyo.

Wednesday, April 25, 2018

सरिता छिट्टो तयार भै








एक रात
बस एक रात ,
एक रातको त कुरा हो
भन्दा भन्दै रातौ रात
उ एउतै बिस्तारमा
नयाँ नयाँ अनुहार संग सुतेकी थिई
उसले आफ्नो शरीर संगै
निद्रा र केहि थान सपना बेचेकी थिई
अपरिचित रात हरुलाई
उत्तेजित हात हरुलाई
अझै पनि उ अलमल्ल छे
उसले पहिलो पटक छोपेको
अन्जान पुरुष को त्यो हात दरो थ्यो
वा
अश्लिल वाध्यता हरु स्वीकार्ने उसको आफ्नै मन
लगन साहित् जुराएर
चिना भाग्य मिलाएर
पन्चे बाजा बजाएर
गरगहनाले सजाएर
भित्रिएकी श्रीमती बाट जब
पुरुषको काम तृष्णा मेतिदैनन
तब उ पनि भौतारिदै पुग्छ
सरिता थिम
अब मलाई भन्नुस
सन्तुस्टिको  लागि दौडिरहेको समाजले सरितालाई मैलाउछ
या
आफ्ना आवस्येकताका लागि लडिरहेकी सरिता ले समाजलाइ मैलाउछे

द्वन्द का लाखौँ गोलीहरु मध्ये
एउटा गोलि ले
सरिताको श्रीमान को शिर रोज्यो
अब गोलीलाई के थाहा ?
बाउ बिना दुइ छोरी हुर्काउन
सन्घर्षका कुन पराकास्टा नाग्नुपर्छ भन्ने

सरिताका पति द्वन्द मा क्रान्ति गर्दा गर्दै मरे
यता उ काठमानडौ को महंगी मा मर्दा मर्दै क्रान्ति गरिरहेकी छे
आफ्नै शरीर संगको क्रान्ति
उसलाई त केवल आफ्ना छोरीहरुका खुशी किन्न सके पुग्छ
उ नोठ का हिसाब राख्दिने
उ रोकीदैने जबसम्म शरीर मा घाउ लाग्ने ठाउँ बाकि रहनछन्
उ चोट का हिसाब राख्दिने

जेठी छोरी लाइ पहिलो पटक
कपडा सिलाउन सिकौदा भनेकिथिऎ
छोरी सेतो रंगको कपडामा सेती धागो
कालो रंग को कपडामा कालै धागो
तर उ आफैले आफैलाई बारम्बार सोध्थी
मन उध्रिदा कुन रंगको धागो रोज्ने

हरेक बिहान उ शिथिल हुन्छे थकैले अनि डिइस्चार्रज हुन्छ
पुरै शक्ति
रातभर चालिएको मोबाइल झैँ
मोबाइल संग त चार्जेर छ
उ संग छैन
उसको जीवन ठ्याक्कै उसको कपाल झैँ
छन्
असरल्ल
आफ्नी कान्छी छोरीले
जसरि ड्रइंग बुक का
साधा आकारहरु मा रंग भर्दछे
के  सरिताले पनि तेसरी नै
जीवनका उजाडियेका सपनाहरुमा
रंग फेरी भर्न सक्ली?
देश का तमाम रेड लाईट  एरिया मा
सरिता हरु प्रशस्तै भेटिनेछन्
र त्यहाँका  ढोका हरुले सधैँ   येउटै कुरा सुन्छन
ढकढक
सरिता छिट्टो तयार भै
अर्को ग्राहक आयो .........

https://www.youtube.com/watch?v=3IvcGleh2ms&t=46s
Share:

Saturday, April 14, 2018

करोडौ कस्तुरी का केहि मनपरेका हरफ हरु

नपडीकन आकाश छुने तरिका कि चार लै थाहा छ कि चंगा लाइ
नपडीकन ठुलो हुने तरिका कि रुखलाई थाहा छ कि हात्तीलाइ

आनन्द भनेको सुख पाउनु हैन दुख बाट मुक्ति पाउनु हो

रक्सी पेट मा नगई सोझै मन मा जाने भएको भए साँची पिर हट्थ्यो होला

फर्के पछि कि बाको गालि र पीटाइ  खान तयार भएर फर्किन पर्थ्यो कि एकदम भरर्पर्दो र सुरक्षित बहाना बनाउन  पर्थ्यो

मेरो लागि मुक्ति पाएको कुकुर कोसंग खुसि भयो होला

दस महिना सम्म आमाले मलाई पेट मा लुकाएर राख्नुभयो तर अब मैले आफुलाई जिदगीभर आफु भित्र लुकाएर रख्नुपर्छ

जसरि जन्मिदा धरतीमा नभएको मान्छे जन्मंछ र जन्मिसकेपछि त्यो मान्छे धरती को हुन्छ
तेसरी नै जन्मदा सब्दाकोष्म नभएकै सब्द जन्मंछ र जन्मिएपछि त्यो सब्द सब्दकोश को हुन्छ

भट्टी
दह्रो खुट्टा र लुलो मन लेर छिरेका हरु
लुलो खुट्टा र दह्रो मन लेर बाहिर  निस्कदै थिए

नदि सिर्जना हो नहर शिक्षा

बा मलाई आफु जस्तै बनाउन  खोज्नुहुन्थ्यो
म बालाई आफु जस्तै बनौन खोज्थे
बदलामा हामि कोइ जस्तो नि हुन सकेका थिएनौ
आफूजस्त पनि हुन सकेका थिएनौ

सधै पानीको संगत गरेर पनि नदीको ढुंगा पानीजस्तो हुदैनन्
सधै फूल को संगत गरेरपनि काडा फूल जस्तो हुदैन

मर्दाखेरि एकदम पिडा हुन्छा होला तर बाच्दा जति पिडा अबस्य पनि हुदैन

संसार बाट बिदा लिएको मान्छे लै खोज्ने संसार हुदो रहेनछ

जीवन भनेको नै आफु भित्र भएको कुरा आफूभित्र नखोजी बाहिर बाहिर भौतारिनु रहेछ

कोहि बिपना बोकेर कुदिरहेका हुन्थे कोहि सपना बोकेर
कोहि आश बोकेर कुदिरहेका हुन्थे कोइ लास बोकेर

मेरा दुख हरु सानै खुसि ले पुरिन छन्
मेरा खुसि हरु सानै दुख ले मेटिनछन

मान्छे लै चारको गुड काम नलागेझैँ
चरालै मान्छेको घर काम लाग्दो रहेनछ

पानि पानि संग मिसिन खोज्छ
माटो माटो संग मिसिन खोज्छ
तर पिडा ले सार्है थिचेर बच्ने नदिएपछि जिदगी मृत्यु संग मिसन खोज्दो रहेछ

संसार भरिका किताब पढ्नु भन्दा आफु भित्र को किताब पद्नु ठुलो कुरा हो
आफु भित्र को किताब पदना सकियो भने संसारका किताब पद्नु को अर्थ हुछ

Share:

Total Pageviews

About

Niranjan Adhikari is currently pursuing Computer Engineering in WRC IOE,Pokhara. Resident of Butwal,Niranjan's interests include Poetry, Design and Programming
Powered by Blogger.